जनता टाइम्स

१७ कार्तिक २०८३, मंगलबार २०:१३

रास्वपा सभापतिको घरमै जुवाखाल सञ्चालन, प्रहरीले छापा मारी ९ जना पक्राउ गरेपछि खुल्यो बदमासीको पोल


बागलुङ, कात्तिक १७ । सत्तारुढ रास्वपाका नेताले सत्ताको आडमा आफ्नो घरलाई जुवाखाल बनाएको तथ्य उजागर भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले सोमवार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमर खड्काको घरमा सञ्चालित जुवाखालमा छापा मारेर ९ जनालाई नियन्त्रणमा लिएपछि यो तथ्य बाहिर आएको हो ।

बागलुङ नगरपालिका वडा नम्बर २ निवासी खड्का रास्वपाका क्षेत्रीय सभापतिको जिम्मेवारीमा हुनुहुन्छ । खड्काको घरबाट प्रहरीले उहाँसहित ९ जनालाई १ लाख ६४ हजार नगदसहित नियन्त्रणमा लिएको छ ।

स्थानीयले बिद्रोहमा उत्रने बताएपछि प्रहरीले खडकाको घरमा छापा मारेको थियो । छापा मार्दा जुवाखाल सञ्चालन गर्दै आएको देखिएको हो । पक्राउ परेका सबैको स्वास्थ्य परीक्षण (मेडिकल) गराएपछि जुवा ऐनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।