रुपन्देही, कात्तिक १७ । भुटानी शरणार्थी प्रकरणमा जेलजीवन बिताइरहनुभएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुने हुनुभएको छ।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकका रूपमा पाउने सुविधा माग गर्दै उहाँले अदालतमा निवेदन दिनुभएको थियो। ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट दिने कानुनी व्यवस्थाअनुसार रायमाझी रिहा हुन लाग्नुभएको हो।
रिहा भए पनि कानुनी व्यवस्थाअनुसार रायमाझीले सांसदको चुनाव लड्न पाउनुहुने छैन।
रायमाझीले यसअघि २०६४, २०७०, २०७४ र २०७९ सालमा लगातार चार पटक चुनाव जित्नुभएको थियो। उहाँ मन्त्री हुँदै उपप्रधानमन्त्रीसमेत बन्नुभएको थियो।
रायमाझीका निकटस्थ लिला केसीका अनुसार उहाँको बिगो रकमसमेत घटाएर एक हजार ६ सय कायम गरिएको छ।
केसीका अनुसार कात्तिक २५ गते नै रिहाइको समय पूरा हुने भए पनि २६ गते बिहान उहाँ जेलबाट बाहिरिने तयारी छ। त्यसपछि मुद्दा उच्च अदालतमा जाने र कानुनी प्रक्रियाले निरन्तरता पाउने उहाँले बताउनुभयो।














प्रतिक्रिया दिनुहोस्