जनता टाइम्स

२३ जेष्ठ २०८०, मंगलवार १८:२०

राजस्वका दर निर्धारण गर्दा लेखा र अर्थ समितिका सभापतिलाई राखौं : योगेश भट्टराई


काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले बजेट निर्माण गर्ने क्रममा संसदको निगरानी बढाउनुपर्ने बताउनुभएको छ । राजस्वका दर निर्धारण गर्दा ‘मुसा’ पसेको भन्दै सांसद भट्टराईले संसद्को निगरानी आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा बोल्दै सांसद भट्टराईले उक्त धारणा राख्नुभएको हो । अघिल्लो वर्ष पनि बजेटमा मुसा पसेको र यस वर्ष पनि उक्त आशंका भएको उहाँले बताउनुभयो ।