जनता टाइम्स

२५ जेष्ठ २०८०, बिहीबार १५:३४

नेपालले पनि ग्रेटर नेपालको नक्सा निकाल्छ : गगन थापा


विराटनगर, २५ जेठ । कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालले पनि ग्रेटर नेपालको नक्सा निकाल्न सक्ने बताउनुभएको छ । आज विरागटर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कुनै देशले सांस्कृतिक नक्सा बनाएर अघि बढाउँदा नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउन सक्ने बताउनुभएको हो ।

भारतले हालै आफ्नो नयाँन् संसद भवनमा राखेको अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर समेटेका बेला उहाँले सो बताउनुभएको हो । लिम्पियाधुरा, लिपुलेकमाथिको नेपालको अधिकार कसैले खोस्न नसक्ने भन्दै उाँले नेपालले हक र परिकल्पना प्रयोग गर्दा भारतले सहजतापूर्वक ग्रहण गर्नुपर्ने बताउनुभयो ।