काठमाडौं, २६ जेठ । नेपाली कांग्रेसको सचेतक पदमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ मनोनित हुनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवाले सांसद थिङलाई आज सचेतकमा मनोनयन गर्नुभएको हो ।
देउवाका निजी सचिव केशवराज जोशीले एक विज्ञप्ति जारी गर्दै थिङलाई सचेतकमा मनोनयन गरेको जानकारी दिनुभएको छ ।
कांग्रेस संसदीय दलको विधान ९संशोधन तथा परिमार्जन सहित, २०७४० को धारा १३ को उपधारा (२) बमोजिम पार्टी सभापति देउवाले थिङलाई सचेतकमा मनोनित गर्नुभएको हो ।














प्रतिक्रिया दिनुहोस्