जनता टाइम्स

२५ जेष्ठ २०८०, बिहीबार २०:१७

जब क्यान्सर पीडित आमा कपाल मुण्डनका लागि छोराको शैलुन पुगिन्…


एजेन्सी, २५ जेठ । हिजोआज टिकटक इन्स्ट्राग्राममा एउटा भिडियो खुवै भाइरल भएको छ । बारबरमा एक जना महिलाको कपाल मुण्डन गर्ने क्रममा एक एक युवक (नाई) ले मेसिन लगाएर आफ्नै कपाल मुण्डन गर्छन् । एकै छिनमा अर्का नाई पनि आउँछन् त्यहि महिलाको नजिकै बसेर साथीलाई आफ्नो कपाल नि मुण्डन गर्न निर्देशन दिन्छन् ।

त्यसपछि अर्का नाई पनि आएर त्यसै गर्दछन् । यो दृश्य देखेकी ती महिला निकै भावुक हुन्छिन् र आँखाबाट आँसु खसाल्छिन् । सामाजिक सञ्जालमा यो भिडियोलाई एक क्यान्सर पिडीत महिलाले आफ्नो कपाल मुण्डन गर्नु पर्दा भावुक भएपछि नाइहरुले सान्तोना दिन त्यसो गरेको भनिएको छ ।

भिडियोको बास्तविकता के हो ?

यो भिडियो ब्राजिलको हो । इन्टर अमिगोज बारवेरिया नामको कपाल काट्ने  शैलुनको । त्यहाँ काम गर्दथे गुइल्हेर्मे म्यागाल्हेस । उनकी आमा क्लाउडियालाई केही समय अघि ल्यारिन्जियल क्यान्सर ९घाँटीमा हुने एक प्रकारको क्यान्सर० भएको पत्ता लागेको थियो ।

परिवारले उनको उपचार सुरु गर्न थाले । उपचारकै क्रममा जव किमो थेरापी दिईन थालियो उनको कपाल झर्न थाल्यो । क्लाउडियाले सोचिन्, ‘यसरी झरेका कपाल स्याहार्नु भन्दा मुण्डन गरे सजिलो ।’ तर, मुण्डन गर्न कहाँ जाने रु उनले तत्कालै निर्णय लिईन् छोराले काम गर्ने बारबर हाउसमा ।

ब्राजिलको प्रेसिडेन्टेस्थित एपिटासियो नगरपालिकामा रहेको इन्टर अमिगोज बारवेरिया नामक बारवर हाउसमा छोरा गुइल्हेर्मेले काम गर्न थालेको पाँच वर्ष भइसकेको छ । यो अवधीमा उनले हजारौँ मानिसको कपाल काटेका छन्, मुण्डन गरेका छन् । तर आज उनको कुर्सीमा सेवाग्राहीको रुपमा आफ्नै आमा बसेकी थिईन् । अनि ती सेवाग्राहीले कपाल काट्नु र अरुले कपाल काट्नुको उदेश्य र परिस्थिति पनि विल्कुल फरक थियो ।

त्यो क्षणमा कैद गरिएको सानो भिडियोमा म्यागाल्हेसले आफ्नी आमाको कपाल खौरिरहेका छन् । आमा क्लाउडियाले आफ्नो झर्दै गरेको कपाल र मुण्डन हुँदै गएको दृश्यलाई निहालि रहेकी हुन्छिन्, उदासी देखिन्छिन् र मनमा बढो पिडा खपिरहेको जस्तो देखिन्छिन् । यद्धपी मन्द मुस्कानको प्रयास गरिरहन्छिन् । तर, आफ्नी आमाको पीडा र निरासा अनुभव गरेका छोरा म्यागाल्हेसले आमाको कपाल मुण्डनलाई बीचमै छाडेर रेजर आफ्नो टाउको तिर लैजान्छन् र खौरिन थाल्छन् आफ्नै कपाल ।

आमाले हत्तपत्त छोरालाई के गरेको तिमी त्यसो नगर भनेर सम्झाउने खोच्छिन् तर छोराले हाँसी हाँसी आफ्नो कपाल मुण्डनलाई निरन्तरता दिदै भन्छन्, ‘आमा क्यान्सर विरुद्धको तपाईँको लडाईँमा मेरो साथ छ ।’ आमा छोराको यो दृश्य निहाल्दै अर्का ग्राककको कपाल काटिरहेका म्यागाल्हेसका साथी फर्नान्डो ब्रिटो उता कपाल काटन् छाडेर आमा छोरासंग नजिकै आईपुग्छन् ।

र, तत्कालै भन्छन्, आमाको क्यान्सर विरुद्धको लडाइमा मैले पनि ऐकेवद्धता जनाउन चाहन्छु मेरो पनि कपाल मुण्डन गरिदेउ । म्यागाल्हेसले ब्रिटोको पनि कपालमा रेजर चलाईदिन्छन् । उनी लगत्तै अर्का साथी देह बिन्चेस्टर पनि क्लाउडियाको कुुर्सीमा पुग्छन र आफ्नो कपाल मुण्डन गर्दछन् । यो दृश्य देखेकी ग्लाउडियाले आफूलाई सम्हाल्न सक्दिनन् भावुक हुँदै आँशु खसाल्छिन् ।

तर छोरा र उनका साथीहरुले उनलाई सम्हाल्ने प्रयास गर्छन् । ‘क्यान्सर विरुद्धको लडाईमा हामी पनि साथ छौ,’ भनेर प्रस्तुत हुन्छन् । सो भिडियो केही समयपछि सामाजिक सञ्जालमा पोष्ट भयो । तर त्यो भिडियो भाइरल हुन समय लागेन । केही घण्टामै त्यसले हजारौँ हुँदै संसारबाट लाखौँ शुभचिन्तक बटुल्यो ।

म्यागाल्हेल्स भन्छन, ‘खासमा मैले आफ्नी आमाको कपाल मुण्डन गर्दैै गर्दा जो आँखामा पिडा देखेँ त्यसलाई मल्हम लगाउन र क्यान्सर विरुद्धको अभियानमा समर्थन गर्न तत्कालै कपाल मुण्डनको निर्णय लिएको थिएँ । तर मलाई मेरा साथीहरुले पनि आश्चर्य जनक रुपमा पनि साथ दिए । यसो गर्दा हामीले ठिक गरेको थियौँ कि थिएनौँ सोचेका पनि थिएनौँ तर हामीले त्यसबेला ठिक गरेका रहेछौँ भन्ने अहिले थाहा पाएका छौँ । किनभने संसारभरबाट हामीलाई समर्थन भएको छ,’ उनले भने ।

म्यागाल्हेल्सले यी सबै नतिजाबाट आफ्नो आमाको आत्म सम्मान र आत्मबल पनि बढाएको बताए । ‘मलाई के लाग्छ भने कपाल महिलाहरुको लागि धेरै नै महत्वपूर्ण र आत्मसम्मानमा आवश्यक चिज हो । मेरी आमाले बढो पिडाका साथ त्यसलाई विदाई गर्दैहुनुहुन्थ्यो । त्यसबेला उहाँलाई कति गाह्रो भएको थियो, मैले त त्यसलाई थोरै सहयोग गर्न खोजेको मात्रै हुँ । र मेरो अभियानमा साथीहरु हुँदै अहिले विश्वभरबाट समर्थन मिलेको छ’ उनले भने ।

संसारभर लाखौँ मानिसहरु क्यान्सरसंग लडिरहेका छन् । वर्ल्ड क्यान्सर रिसर्च फण्ड इन्टरनेशनलका अनुसार सन् २०२० मा मात्रै १ करोड ८१ लाख क्यान्सरका केशहरु रेकर्ड भएका थिए । ‘उपचारका लागि केमो थेरापी सुरु गर्नु र त्यसको साइड इफेक्टको रुपमा कपाल झर्नु सामान्य पनि हुनसक्छ । तर यसले मानसिक र शारीरिक रुपमा कति पिरोलिरहेको हुन्छ भन्ने कुरा स्वयं व्यक्ति र उ नजिकको व्यक्ति तथा परिवारका सदस्यलाई मात्रै थाहा हुन्छ । त्यसकारण पनि क्यान्सरका बिरामीलाई समर्थन खाँचो छ’ म्यागाल्हेसले भने ।

@goodnewscorrespondent

NO ONE FIGHTS ALONEThis barber shaves his heads in solidarity with his mother who is fighting cancer. If that wasn’t emotional enough, his friends and work colleagues join in and suprise her as well. #goodnewsmovement #good #goodnews #goodnewscorrespondent #goodnewsnow #goodnewsontiktok #goodnews_movement #goodnewsfeed #bekind #kindness #letschangetheworld #spreadlove #spreadkindness #letschangetheworldwithkindness #mom #mama #mother #cancer #chemo #chemotherapy #son #viral #motherandson

♬ original sound – Good News Correspondent