जनता टाइम्स

२६ जेष्ठ २०८०, शुक्रबार ०७:३७

एलएनए र एन्जल्स हार्टको विजयी सुरुआत


काठमाडौं, २६ जेठ । लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्टले प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार विजयी सुरुआत गरेका छन् ।

तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा एलएनएले सेक्रेट हार्टलाई १९–१२ ले पराजित ग¥यो । एलएनएको जितमा साहित पुनले १२ अंक योगदान गरे । आदित पुनको ८ अंक सहयोगमा एन्जल्स हार्टले लालीगुराँस विद्याकुञ्जलाई २७–२० ले हरायो ।

मनमैजुस्थित एलएनएको कोर्टमा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमै स्प्रिङ भ्यालीले ल्यान्डमार्क एकेडेमीलाई १५–१२, सिर्जना ज्ञान सागरले रोजमेरीलाई २२–१२ र सिद्धार्थ मोडलले काठमाडौं शिक्षालयलाई २०–१५ ले पाखा लगाए । स्प्रिङ भ्यालीका अन्च ठकुरीले ५, सिर्जना ज्ञान सागरका प्रिन्स मगरले १० र सिद्धार्थ मोडलका सनमुनले ६ स्कोर गरे ।

सिनियर गल्र्सको अन्य खेलमा न्यु एराले एन्जल्स हार्टलाई २४–१८, स्प्रिङ भ्यालीले काठमाडौं लिङकनलाई २५–१९, एलएनएले सिर्जना ज्ञान सागरलाई २८–१८ तथा नर्थ प्वाइन्टले रोजमेरीलाई १९–१२ ले पन्छाए । न्यु एराकी नर्गिमा तामाङले १४, स्प्रिङ भ्यालीकी काभ्या अधिकारीले ८, एलएनएकी सिमरन महर्जनले २० र नर्थ प्वाइन्टकी हेमा भण्डारीले ६ अंक जोडे ।

प्रतियोगिताको त्रिभूवन विश्वविद्यालयअन्तर्गत शारीरिक शिक्षा विभागका विभागीय प्रमुख शैलेन्द्र चिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । साताव्यापी प्रतियोगिताको जुनियर ब्वाइजमा १६ तथा सियिनर गल्र्समा १२ गरी २८ टिम सहभागी छन् ।