जनता टाइम्स

१४ भाद्र २०७६, शनिबार १७:००

यस्तो बन्यो ‘छ माया छपक्कै’ को गीत (भिडियोसहित)


काठमाडौं, भदौ १४ । दिपेन्द्र लामाको निर्देशनमा बनेको चलचित्र ‘छ माया छपक्कै’ ले आफ्नो पहिलो गीत रिलिज गर्दै प्रदर्शन मिति तोकेको छ । शुक्रबार सिनेमा समाविष्ट ‘जुनको जुनेली’ बोलको गीत रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।

चलचित्र निर्माण टोलीले दिएको जानकारीअनुसार यसअघि दशैंमा रिलिज हुने भनिएको सिनेमा असोज २४ मा रिलिज हुने भएको छ । सिनेमाको रिलिज भएको ‘जुनको जुनेली’मा वसन्त थापाले संगीत दिएका छन । राजेन्द्र थापा रचित गीतमा वसन्त थाथा तथा मीना निरौलाको युगल स्वर रहेको छ । गीतमा केकी अधिकारी, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्दि तामाङ, सुपुष्पा भट्ट, रजनी गुरुङलगायतका कलाकार फिचरिङ छन भने गीतका कोरियोग्राफर कविराज गहतराज हुन ।

सिनेमामा दीपकराज गिरीको पटकथा र अभिमन्यु निरबी, केदार घिमिरे, जितु नेपालसहितको संवाद रहेको छ ।