काठमाण्डौं, बैशाख २०
गृह मन्त्रालयले देशका पूर्वी भागमा शुक्रबार र शनिबार हेलिकोप्टर उडान नगर्न आग्रह गरेको छ।
मौसम बदली हुँदा हिमाली भेगमा हिमपात हुनसक्ने र भारतमा आएको फानी आँधीको प्रभाव पनि पर्न सक्ने भएकोले हेलिकोप्टर उडान नगर्न भनेको हो।
मन्त्रालयले पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुनसक्ने हुँदा सनिबार सम्म हेलिकप्टर उडान नगर्न अनुरोध गरेको छ ।
साथै मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि शनिबारसम्म हावाहुरी, मेघ गर्जनसहित पानी पर्ने र आइतबारदेखि पूर्णरुपमा मौसममा सुधार आउने महाशाखाको भनाइ छ।
बंगालको खाडीमा निर्माण भएर विस्तारै भारतीय उपमहाद्विपको पूर्व–उत्तरतर्फ अघि बढिरहेको शक्तिशाली समुन्द्र आँधीलाई ‘फानी’ नाम दिइएको छ । यसले तय गर्ने बाटोमा पर्ने क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्