जनता टाइम्स

२७ जेष्ठ २०८०, शनिबार १३:१५

सांसद सोभिता गौतमले डिलिट गरिन आफनो ट्विटर अकाउन्ट


काठमाडौं, २७ जेठ । सांसद सोभिता गौतमले सामाजिक प्लेटफर्म ट्विटर छाड्नुभएको छ । हालै मात्रै बैबाहिक बन्धनमा बाँधिएकी सांसद गौतमले आफ्नो ब्यक्तिगत जीवनमा नकारात्मक प्रतिक्रिया आए पछि ट्विटर डिलिट गरेको बताउनुभएको हो ।

‘पछिल्लो समय त्यो (नकारात्मक) न्युजहरु आईसके पछाडी मैले टविटर डिलिटै गरिदिएँ, फालिदिए, एकदमै टक्सिट हुन्छ क्या कहिले कहिले’ उहाँले एउटा पोडकास्ट अन्र्तवार्तामा भावुक हुदैँ भन्नुभएको छ,’ट्विटर धेरै सकरात्मक कुरा भए पनि ट्विटर कहिले काँही टक्सिट नै हुन्छ, अटयाक सबालमा धेरै बौद्धिक दरिद्रता छ त्यहाँ, फेक प्रोफाइल बनाएर प्रहार गर्नुपर्यो भने बौद्धिक मान्छेहरुले टविटर प्रयोग गर्छन् ।’

बिबाह गरेर जापान गए पछि आफनो ब्यक्तिगत जीवनमा धेरै लाञ्छना लगाए पछि आफु दुःखित भएको पनि उहाँको भनाई छ । आफुसँग एक पटक पनि नसोधी आफनो ब्यक्तिगत जीवनमा नकारात्मक कुराहरु फैलाउने मिडियालाई नोटिस गरेको पनि जनाउनुभएको छ । ‘म जापान हुदाँ मेरो बुबाले भन्नुभयो कि तेरो यति धेरै कुरा आएको छ तेरो आमा मरी भने मलाई थाहा छैन के हुन्छ ?’ उहाँले भावुक हुुदैँ भन्नुभयो, ‘यो देशमा कानुन छ, गर्नुपर्छ द्याट्स इट ।’