जनता टाइम्स

१४ भाद्र २०७६, शनिबार १९:४०

रवि लामिछानेले दिए पूर्वपत्नी इशालाई धम्की : दुई सम्पादकमाथि लगाए गम्भीर आक्षेप


काठमाडौं, भदौं १४ । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अदालतबाट धरौटीमा छुटेका टेलिभिजन कार्यक्रम प्रस्तोतारवि लामिछानेले पूर्वपत्नी इशा लामिछानेलाई धम्की र दुई जना पत्रकारलाई खुला चुनौति दिएका छन । आफ्नो बारेमा पटक पटक समाचार लेखेको भन्दै लामिछानेले अनलाइन खवरका सम्पादक अरुण बरालबिरुद्ध निकै खनिएका हुन । उनले जनआस्थाबाट बरालले पत्रकारिता सुरु गरेकै कारण गुरुलाई दक्षिणका रुपमा आफूलाई प्रयोग नगर्न भन्दै फेसबुकमार्फत गम्भीर आक्षेप पनि लगाएका छन ।

एक जरुरी टिप्पणी भन्दै लामिछानेले लेखेका छन, ‘सम्पादक अरुण बरालजी, मलाई थाहा छ, तपाईं जनाआस्थाबाट पत्रकारिता गर्न शुरु गर्नुभएको ब्यक्ति हो । तपाइँको आदर्श जनआस्था होला र जनआस्थाका सम्पादक तपाइँका गुरु होलान । के तपाईंले मेरो करियर आफ्ना गुरुलाई गुरु दक्षिणा दिने बाचा नै गर्नु भएको हो र ?’ यस्तै पूर्वपत्नी इशालाई अव थप पीडा नदिन भन्दै चेतावनी दिएका छन । ‘ कस्को कति वटा सम्बन्ध भनेर गन्ने इक्छा भए मलाई भेट्नु होला सम्पादकज्यू । जिब्रो टोकेर फर्किनु हुनेछ । कतिपय कुरा सार्वजनिक गर्न मिल्दैन,’ रविले आफ्नो फेसबुकमा लेखेका छन ।

यस्तो छ रविको फेसबुक स्ट्याटस

एक जरुरी टिप्पणी :

अनलाइन खबर डटकम बारम्बार मेरो बितेको कुरा कोट्याउँछ । कहिले ४ वटा बिहे भन्छ, कहिले अमेरिकाको घरको पैसा दिएन भनेर लेख्छ । कहिले छोरीहरुलाई हेरेन भन्छ । न मसँग वास्तविकता सोध्छ । एकोहोरो आरोप छाप्छ । बितिसकेको जीवनबारे मैले आजिवन जवाफ दिएर बस्ने ? सम्पादक अरुण बरालजी, मलाई थाहा छ, तपाईं जनाआस्थाबाट पत्रकारिता गर्न शुरु गर्नुभएको ब्यक्ति हो । तपाइँको आदर्श जनआस्था होला र जनआस्थाका सम्पादक तपाइँका गुरु होलान । के तपाईंले मेरो करियर आफ्ना गुरुलाई गुरु दक्षिणा दिने बाचा नै गर्नु भएको हो र ? मैले ईशाजीलाई कति पैसा कसरी उपलब्ध गराएँ ? मैले दिएको पैसा घरको किस्ता तिर्न प्रयोग भयो कि अन्यत्र प्रयोग भयो भन्ने कुरा मलाई सोध्नुस न ।

हिजो रातीसम्म पनि म मेरि छोरीसँग कुरा गरिरहेको छु । ईशाका दाइसँग २ हप्ता अघि भेटेकै छु । मेरो जिम्मेवारी मलाई थाहा छ, बहुत राम्ररी । भावनात्मक नाता हुनेले आफ्ना सन्तानका पिताको बारम्बार सार्वजनिक बेईज्जती गर्दैन । समस्या भए सल्लाहमा घरमै टुङ्गो लगाउछ । म हिरासतमा हुँदा ईशाजी केही पत्रकारहरुलाई मेरो विरुद्धमा घरको पैसाको नतिरेको, छोरीहरुलाई नहेरेको लगायतका सिकायत गर्न ब्यस्त हुनु हुन्थ्यो । आज फेरि किन रङ फेर्नु भएको हो ? उहाले थाहा छैन । सायद केही वाहवाहीको लोभ लागेर हुन सक्ला । ईशाजी हिजो पनि आफ्नै दुनियाँमा खुशी हुनुहुन्थ्यो, आज पनि उहाँ अमेरिकामा आफ्नै दुनियाँमा रमाइरहनु भएको छ ।

अरुणजीको अनलाइन खबरले आज अमेरिकाको घरको पैसा तिरेन भनेर समाचार लेखेछ, पहिला पनि चौथो सम्बन्ध भनेर हेडलाईन बनाएको थियो । कस्को कति वटा सम्बन्ध भनेर गन्ने इक्छा भए मलाई भेट्नु होला सम्पादकज्यू । जिब्रो टोकेर फर्किनु हुनेछ । कतिपय कुरा सार्वजनिक गर्न मिल्दैन । अब यही खबरमा थप मसला हालेर नागरिकको शुक्रवार भन्नेले लेख्छ । त्यसपछि उहाँहरुको नेटवोर्कका सारा अनलाइनमा जान्छ । यति धेरै किन पछि लाग्नु हुन्छ ? तपाईको सम्पादकीय क्षमता मेरा विरुद्ध नै खर्चने हो आजीवन ? अब यस्को जवाफ कति कुशलताका साथ लेख्नु हुन्छ होला । अनि यति भनेकोमा मैले कुन आपत बेहोर्नु पर्ने हो, त्यो थाहा छैन ।

कस्को कति वटा सम्बन्ध भनेर गन्ने इक्छा भए मलाई भेट्नु होला सम्पादकज्यू । जिब्रो टोकेर फर्किनु हुनेछ । कतिपय कुरा सार्वजनिक गर्न मिल्दैन

अर्को कुरा,भावनात्मक नाता नमरेको भए आफ्ना सन्तानका बाबू हिरासतबाट छुट्ना साथ केहीले उचाल्दैमा बदनाम गराउनु पर्ने के हतारो आइलाग्यो ईशाजीलाई ? के यी सब कुराका लागि उपयुक्त मौका यही थियो ? मैले गलत गरे कानुन छैन ? छोरीहरुको अधिकार समेत उहाँ आफैले लिन खोज्नु भएकोले सो अधिकार सुरक्षित गर्न कानुनी बाटोको खोजी भैरहेको मात्र हो, जुन कुरा उहाँलाई, उहाँका दाईलाई र मेरा छोरीहरुलाई थाहा छ । कानुनी रुपम टुङ्गो लागेको सम्बन्धलाई पटक पटक उचालेर आफ्ना गुरु खुशी पार्ने काम बन्द गर्नुस अरुण बरालजी । कार्यक्रम निर्माणमा गल्ती भए, कन्टेन्टमा कुरा गरौं । पारपाचुके भैसकेकी महिलालाई उचाल्न बन्द गरौं र महिलाले पनि मिडियाबाजी बन्द गरौं । वास्तविकता त्यो होइन, जुन भनियो र लेखियो । हैरान गर्ने पनि सिमा हुन्छ ।

कोही देशभरी मुद्धा हाल्ने अभियानमा लाग्ने, कोही पुराना कुरा उचाल्ने !! सरहरुको अरु काम छैन होला, तर प्लिज मलाई यति धेरै दुःख नदिनुस । हामी सबै आ–आफ्नो संसारमा खुशी छौं । ईशाजी अमेरिकामा खुशी साथ बसिरहनु भएको छ, म आफ्नो नयाँ जिवनमा खुशी छु । छोरीहरुसँग प्रायः हरेक दिन कुरा हुन्छ । तपाईंलाई चाहिँ अब के चाहियो ? म आजबाट कार्यक्रम शुरु गर्दैछु । त्यसमा चाहिँ केही भए लेख्नु होला । नत्र पुराना र टुंगो लागेका मुद्दा उठाएर कायरताको उदाहरण नदेखाउनु होला । यो अपिल ईशाजी, अरुणजी लगायतका जीहरुलाई । धन्यवाद ।