काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको मन्दिरमा जानुभएको छ । परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, पर्यटनमन्त्री सुदन किराँती लगायतसँग प्रचण्ड पशुपतिनाथको मन्दिर पुग्नुभएको हो ।
उहाँलाई उक्त क्षेत्रको पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले जानकारी गराउनुभएको थियो । प्रधानमन्त्रीले विश्व सम्पदाका रुपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरी धार्मिक पर्यटनमा ठूलो टेवा मिल्ने बताउनुभयो ।
उक्त निरिक्षण अवलोकनमा अर्थमन्त्री प्रकाश शरण महत, परराष्ट्र मन्त्री एनपी साउद, पर्यटन, उर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराती लगायत पनि सहभागी हुनुहुन्थ्यो । उहाँले त्यहाँ आरती पनि अवलोकन गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्