चितवन, जेठ २८ । भरतपुर महानगरको विभिन्न ठाउँमा पानी पर्ने विश्वासमा भ्यागुताको विवाह गरिएको छ । लामो समयदेखि खडेरी परेर तापक्रम बढेसँगै मानिस आत्तिएर धार्मिक बिहेअनुसार भ्यागुताको बिहे गरेका हुन् ।
आज भरतपुर महानगरपालिका–५ सापकोटा चोकमा विवाह गरिएको छ । शनिबार पनि भरतपुर–९ काँडाघारी टोलमा भ्यागुताको विवाह गरिएको थियो । बाजागाजा र नाँचगानसहित गरिएको विवाहमा ठूलो संख्यामा मानिसको सहभागिता रहेको थियो ।
विगत केही सातादेखि पानी पर्न नसकेका कारण मौसममा आएको अत्यधिक तापक्रमले आक्रान्त जनताको शीतलताको कामना गर्दै भ्यागुताको बिहे गरेका हुन् । अन्धबिश्वासको यो स्वरुप देखिएको ठाउँ रवि लामिछानेको निर्वाचन क्षेत्र हो ।













प्रतिक्रिया दिनुहोस्