बागलुङ, २८ जेठ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी काठेखोला गाउँपालिका–१ का ४० वर्षीय बम बहादुर रानालाई प्रहरी चौकी दोबिल्लाबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले बताउनुभयो ।
रानालाई जिल्ला अदालत बागलुङले २०७६ जेठ २१ गते जबरजस्ती करणी उद्योग सम्बन्धी कसूर मुद्दामा १० महिना २० दिन कैद र १० हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो । अदालतले फैसला गरेपनि राना फरार थिए । कैद तथा जरिवाना भुक्तान हुन बाँकी रहेका प्रतिवादी रानालाई जिल्ला प्रहरी कार्यालय बागलुङले आज बागलुङ जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायव उपरीक्षक केसीले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्