जनता टाइम्स

३० जेष्ठ २०८०, मंगलवार १३:०७

बलात्कार आरोपमा एकजना पक्राउ


महोत्तरी, ३० जेठ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिबास नगरपालिका–१० खैरबना बस्ने ४५ वर्षीय सोम बहादुर थिङलाई प्रहरीले पक्राउ गरेको छ ।

थिङले ती महिलालाई बर्दिबास नगरपालिका–१० खैरबनास्थित खैरबना झोरा खोला छेउको झार जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।