जनता टाइम्स

३० जेष्ठ २०८०, मंगलवार १५:२०

थाहा-३ का वडाध्यक्ष हिरेन्द्र रायमाझीको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा


हेटौंडा, ३० जेठ । मकवानपुरको थाहा नगरपालिका वडा–३ का वडाअध्यक्ष हिरेन्द्रकुमार रायमाझीले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राख्नुभएको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले ‘ग्रेटर नेपाल’ को नक्सा राखेपछि देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले पनि नक्सा राख्ने क्रम बढेको छ ।

वडाध्यक्ष रायमाझीको आफ्नो कार्यकक्षमा किसानका तस्वीर तथा ‘थाहा’ अभियानका प्रणेता रुपचन्द्र विष्टको समेत तस्वीरसमेत राखेका छन् । भारतले नयाँ संसद भवनमा नेपाली भू–भाग रुपन्देही, कपिलवस्तुसहितको अखण्ड भारतको नक्सा सार्वजनिक गरेपछि त्यसको प्रतिउत्तरमा नेपालमा ग्रेटर नक्सा राख्ने क्रम बढेको हो ।