काठमाडौं, ३१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुदैँहुनुहुन्छ ।
मुटुमा समस्या देखा परे पछि हिजो मंगलवार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लाग्नुभएको हो । । सो अस्पतालले मंगलवार जारी गरेको बिज्ञप्ति अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुग्नुभएका उहाँलाई चिकित्सकको सल्लाह अनुसार २४ घन्टासम्म अवलोकनमा राखिएको र आज डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा।चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो।













प्रतिक्रिया दिनुहोस्