जनता टाइम्स

३२ जेष्ठ २०८०, बिहीबार ०८:०४

राष्ट्रव्यापी अन्तर नगरपालिका यु–१८ बास्केटबल हुने


काठमाडौं, ३२ जेठ । कीर्तिपुर नगरपालिकाको आयोजनामा कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगिता असार २ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा मोफसलका २ सहित ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद पुरस्कार हात पार्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले कीर्तिपुरलाई चिनाउन कीर्तिपुरका बास्केटबल खेलाडीको पनि महत्वपूर्ण योगदान रहेको धारणा व्यक्त गरे । खेलहरु कीर्तिपुर कभर्डहलमा हुनेछ ।