जनता टाइम्स

१५ भाद्र २०७६, आईतवार १३:२८

काम नगर्ने ठेकेदार र बिकाशमा बाधकप्रति सरकार कठोर बन्छ : मन्त्री अर्याल


स्याङ्जा, भदौ १५ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा्कुमारी अर्यालले विकासका बाधकलाई सरकारले निस्तेज पार्ने घोषणा गर्नुभएको छ । गृहजिल्ला स्यांजामा आयोजित कार्यक्रममा मनत्री अर्यालले अव गुण्डागर्दी गर्दै हिड्ने विकासका बाधकलाई हटाउने बताउनु भयो ।

गुण्डागर्दी गर्दै बिकाशमा बाधक बन्नेप्रति सरकार कठोर बन्छ, काम नगर्ने ठेकेदारका दिन अव समाप्त भएको छ,’ मन्त्री अर्यालले भन्नुभयो । ‘सम्झौता गरेर काम नगर्ने, होल्ड गर्ने, समयमै नसक्ने ठेकेदार कालो सूचीमा पर्छन, सरकारले सार्वजानिक खरिद ऐन संशोधन गर्दै नयाँ गति र नीतिका साथ अगाडि बढेको छ,’ मन्त्री अर्यालले भन्नुभयो ।

काम नगर्ने ठेकेदारको दिन समाप्त भएको भन्दै मन्त्री अर्यालले विकासका लागि जनप्रतिनिधि साझा भएको धारणासमेत राख्नुभयो । उपकार बचत तथा क्रृण सहकारी संस्था वालिङले स्याङ्जाको वालिङमा आयोजना गरेको चौथो खुल्ला तीज गीत प्रतियोगिताको चापाकोट ८ दामाचौरमा सम्बोधन गर्दै मन्त्री अयालले सरकार जनताको सकरात्मक सुझाव र सल्लाहकै आधारमा अगाडि बढ्ने भन्दै हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो ।

सरकारले सिद्धार्थ राजमार्गलाई छोटो र फराकिलो बनाउने भन्दै बुटवल–पोखरा सडक दुई घण्टामा छोट्याईने योजनाका साथ अगाडि बढेको जानकारी पनि उहाँले दिनुभयो ।