जनता टाइम्स

३२ जेष्ठ २०८०, बिहीबार १७:२८

पत्रकार महासंघ झापाले शुद्धीकरणको मापदण्ड नमानेपछि आन्दोलनमा उत्रिए पत्रकार


झापा, जेठ ३२ । झापाको पत्रकार महासंघले मापदण्ड मिचेर सदस्यहरुको नाम सिफारिस गरेको भन्दै प्रेस चौतारी झापा आन्दोलनमा उत्रिएको छ।

महासंघले सदस्य शुद्धीकरणको नाममा केन्द्रले पठाएको मापदण्ड मिचेर आफुखुसी नाम सिफारिस गरेको भन्दै त्यसका विरुद्ध आन्दोलन गर्नु परेको प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज सन्तोष आचार्य जानकारी दिनुभयो ।

‘हामीले महासंघले गरेको कार्यका विरुद्ध आन्दोलन सुरु गरेका छौ, यसको थालनी स्वरुप आज महासंघमा कालो झन्डा राखेर धर्ना दिएका छौं । हामी महासंघले पठाएको नामका सन्दर्भमा प्रदेश कमिटीले छनविन समिती बनाओस भन्ने चाहन्छौं,’ आचार्यले भन्नुभयो ।

अत्यन्तै पुर्वाग्रही ढंगले ,राजनीतिक आस्था भएकै कारण र गैर पत्रकारको समेत नाम शुद्धीकरणका लागी सिफारिस गरेकोमा चौतारीको आपत्ती रहेको छ ।
आचार्य थप्नुभयो, ‘महासंघको केन्द्रीय समितिले पारित गरेको १५ बुदे मापदण्ड हुबहु पालना हुनु पर्नेमा चौतारी जोडदार माग गर्दछ । तर झापामा यो नभएकोले हामी आन्दोलनमा उत्रन बाध्य भएका छौं ।’

चौतारीले आफ्नो मागको बेवास्था गरे चरणबद्ध गर्ने आन्दोलनको जिम्मेवार पत्रकार महासंघ झापा हुनुपर्ने चेतावनी पनि दिएको छ।