जनता टाइम्स

३ असार २०८०, आइतबार १९:५३

कञ्चनपुरमा भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ


कञ्चनपुर, ३ असार । कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–४ बेलौरी बस्ने ३५ वर्षीय संदिप गुप्तालाई आज पक्राउ गरिएको हो ।

उनलाई बेलौरी नगरपालिका–९ कुण्डाबाट भन्सार छलीका ९४ हजार पाँच सय मुल्य बराबरका टीसर्ट, बच्चाको पेन्टी, ठूलो पेन्टी, मोटरसाईकलसहित पक्राउ गरेको हो ।

गुप्तालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिईएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई कारबाहीको लागि सामानसहित भन्सार कार्यालय कैलाली पठाईएको छ ।