जनता टाइम्स

१५ भाद्र २०७६, आईतवार १५:५०

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीद्वाराअटवारी पर्वको शुभकामना


कैलाली,भदौ १५
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अटवारी पर्वका अवसरमा थारु समाजमा मनाइने पर्वहरुले सामाजिक एकता, भ्रातृत्व र शान्तिको सन्देश दिन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री भट्टले थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको मौलिकताको पर्व भन्दै यो पर्वले थारू समुदायलगायत सम्पूर्ण प्रदेशवासी, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले अटवारी पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

थारू समुदायले मनाउने माघीपछिको दोस्रो ठूलो पर्व ‘अटवारी’ परेकाले प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशमा बसोवास गर्ने विभिन्न समुदायले समय समयमा मनाउने गरेका चाडपर्वका लागि प्रदेश सरकारले बिदा दिँदै आएको छ ।