जनता टाइम्स

४ असार २०८०, सोमबार ०८:४७

कीर्तिपुरको लगातार दोश्रो जित


काठमाडौं, ४ असार । आयोजक कीर्तिपुर नगरपालिकाले कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा आइतबार लगातार दोश्रो जित हात पारेको छ ।

कीर्तिपुरले भक्तपुरलाई ९५–५९ ले पराजित ग¥यो । कीर्तिपुरका केभिक महर्जनले २५ स्कोर गरे । कीर्तिपुरले पहिलो खेलमा चन्द्रागिरी नगरपालिकालाई ९५–४० ले हराएको थियो ।

कीर्तिपुर कभर्डहलमा भइरहेको प्रतियोगिताको अन्य खेलमा नागर्जुन नगरपालिका र ललिपतुर विजयी भए ।

नागर्जुनले टोखा नगरपालिकालाई ८७–८२ ले पाखा लगायो । नागर्जुनका सनान्तले उत्कृष्ट प्रदर्शन गर्दै ३२ अंक जोडे । ललितपुरले चन्द्रागिरीमाथि ७८–३३ को सहज जित दर्ता ग¥यो । ललितपुरका इरिस महर्जनले १४ अंक बटुले ।