जनता टाइम्स

४ असार २०८०, सोमबार १९:४१

उपप्रध्यापक प्रेम चलाउनेसहित ६ जना रिहा


काठमाडौं, ४ असार । काठमाडौं जिल्ला अदालतभित्र नाराजुलुस गरेको भन्दै पक्राउ परेका उपप्रध्यापक प्रेम चलाउनेसहित ६ जना रिहा भएका छन् ।

आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सोमबार दिउँसो अदालतभित्र नाराजुलुस गरेका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरी परिसर टेकुका अनुसार नियन्त्रणमा लिइएका चलाउनेसहित ६ जनालाई रिहा गरिएको छ ।