जनता टाइम्स

६ असार २०८०, बुधबार ०६:०८

संस्कृति र युलेन्सलाई उपाधि


काठमाडौं, ६ असार । आयोजक संस्कृति र युलेन्सले तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । संस्कृति गल्र्स तथा युलेन्स ब्वाइजमा उपाधि जित्न सफल भए ।

स्वयम्भूस्थित घरेलु कोर्टमा भएको गल्र्स फाइनलमा संस्कृतिले काष्ठमण्डपलाई २७–१९ ले पराजित ग¥यो । संस्कृतिको जितमा रियाना महर्जनले १३ अंक योगदान गरिन् ।

ब्वाइज फाइनलमा श्रृयुक्त शाहको २२ अंक सहयोगमा युलेन्सले रेडिअन्ट पब्लिकलाई ५३–४० ले हरायो । ब्वाइजमा श्रृयुक्त तथा गल्र्समा समृद्धि शाह ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।