जनता टाइम्स

६ असार २०८०, बुधबार १२:१३

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित


काठमाडौं, ६ असार । प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गरेर बुधबार नै बस्नेगरी आधा घण्टाका लागि स्थगित गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाको लागि बैठक स्थगित गर्नुभएको हो ।

सिंहको हिजो सवारी दुर्घटनामा निधन भएको थियो ।