काठमाडौं, भदौ १५
साढे दुई लाख ऋणलाई ७३ लाख बनाउने सर्लाहीका मिटरब्याजी श्यामकृष्ण साह परदेशी पक्राउ परेका छन् । २९९ जनालाई कम ऋण दिएर सयौं गुणा बढि असुल्ने उनलाई प्रहरीले आइतवार साँझ सर्लाहीबाट पक्राउ गरेको हो ।
ऋण लगानी गरेर मनलाग्दी ब्याज असुलेको आरोपमा परदेशीलाई पक्राउ गरिएको सर्लाहीका एसपी गोपाल चन्द्र भट्टराईले जानकारी दिनुभयो । नक्कली तमसुक बनाई सर्वसाधारणलाई ठगी गरेको विषयमा छानबिन गर्न प्रहरीले उनलाई मलंगवा नगरपालिका–१० स्थित घरनजिकैबाट पक्राउ गरेको हो । उनिमाथी नक्कली तमसुक बनाएको आरोप लगाइएको छ । पुरा गाउँ नै पिडित बनेपछि उनिहरु न्याय दिलाईदिन माग गर्दै काठमाडौं आएका थिए ।
‘४ लाख दिएर १५ लाखको कागज गराएको भनी ठगीमा उजुरी आएकाले पक्राउ गरेका हौँ,’ भट्टराईले भन्नुभयो, उनले धेरै ऋण दिन सक्ने गरी धन आर्जन गरकोबारे पनि हामी अनुसन्धान गर्छौँ ।’ परदेशीको अकुत धन आर्जनबारे सम्पत्ति शुद्धिकरणमा अनुसन्धानका लागि पठाउने प्रहरीको तयारी छ । परदेशीले ऋण लिने धेरैलाई झुक्यानमा पारेर १० गुणासम्म बढीको कागज गराउने गरेको खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्