क्वालालम्पुर , ७ असार । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च मलेशिया राष्ट्रिय कमिटीलाई यतिखेर आफ्नो दोश्रो राष्ट्रिय अधिवेशनको चटारो परेको छ । अधिवेशनका लागि अब मात्र ३ दिन बाँकी रहेकाले राष्ट्रिय कमिटीलाई सो चटारो परेको हो । पूर्वी एशिया मुलुक मलेसियाको राजधानी क्यालालाम्पुरमा यही २५ जुन अर्थात १० असारमा प्रवासी नेपाली मञ्च मलेसियाको दोश्रो राष्ट्रिय अधिवेशन हुन गइरहेको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका प्रचार–प्रसार प्रमुख चानक पोखरेलले जनाउनुभएको छ ।
सो अधिवेशनमा नेकपा (एमाले)लाई माया गर्ने सबै मलेसियामा रहनुभएका सबै प्रवासी नेपालीलाई उपस्थितिका लागि उहाँले आग्रह गर्नु भएको छ ।
‘जुन २५ आइतबारका दिन होटल ग्र्याण्ड कन्टिनेन्टल क्यालालाम्पुरमा हुने अधिवेशनको उद्घाटन एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नुहुने भएको छ । मलेसियामा रहनुभएका नेपाली दाजुभाइ दिदिबहिनी, नेकपा एमाले पार्टीलाई माया गर्नुहुने सुभचिन्तक, श्रमजीवी श्रमिकहरुको प्यारो संगठनको सभ्य र भब्य कार्यमा सगौरब उपस्थिति जनाउन हुन सादर निमन्त्रणा गर्दछु’ प्रचार– प्रसार विभाख प्रमुख पोखरेलले भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्