जनता टाइम्स

७ असार २०८०, बिहीबार १८:४४

नेपाल एअरलाइन्सका दुई पाइलट निलम्बन


काठमाडौं, ७ असार । नेपाल नागरिक उड्यन प्राधिकरणले नेपाल एअरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । उनीहरूले फ्लाइट सेफ्टीको नियम पालना नगरेको भन्दै प्राधिकरणले कारबाही स्वरुप निलम्बन गरेको हो ।

काठमाडौंदेखि जापानको नारिता उडानका क्रममा उनीहरूले नियम पालना नगरेको देखिएपछि निलम्बन गरेको प्राधिकरणले जनाएको छ । उहाँहरूलाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको प्राधिकरणको भनाइ छ ।