जनता टाइम्स

८ असार २०८०, शुक्रबार ०९:२२

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा भुपेन्द्र बस्नेत नियुक्त


काठमाडौं, ८ असार । डा.भूपेन्द्र बस्नेत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० को उपकुलपतिमा नियुक्त हुनुभएको छ ।  न्याम्सका निमित्त उपकूलपतिसमेत रहेका डा बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार उपकुलपतिमा नियुक्त गर्नुभएको हो ।

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा गठित समितिको सिफारिसका आधारमा उप कुलपतिका नियुक्ति भएका बस्नेतसँग अन्य ११ जना प्रतिस्पर्धी रहेका थिए । कांग्रेस निकट डा. बस्नेत यसअघि दुई पटक वीर अस्पतालको निर्देशकको जिम्मेवारीमा हुनुहुन्थ्यो । उपकुलपतिको कार्यकाल चार वर्ष रहने व्यवस्था छ ।