जनता टाइम्स

८ असार २०८०, शुक्रबार १३:१२

सार्वजनिक खर्च घटाउन दुग्ध विकास बोर्ड खारेज गरेको प्रधानमन्त्रीको जवाफ


काठमाडौं, ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक खर्च घटाउन दुग्ध विकास बोर्ड खारेज गरेको बताउनुभएको छ । आज प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक खर्चको चापका कारण दुग्ध विकास बोर्ड खारेज गरिएको बताउनुभएको हो ।

राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यक्षेत्र मन्त्रालय एवं विभागबाट भइरहेको कार्य समानान्तर प्रकृतिको देखिएको भन्दै उहाँले बोर्ड खारेज गर्दै यसको नियामक र प्रवर्धकको कार्य मन्त्रालयबाट हुने व्यवस्था मिलाइने जानकारी दिनुभयो ।