जनता टाइम्स

८ असार २०८०, शुक्रबार १६:३०

अब वीर अस्पतालका जनरल बेड निःशुल्क


काठमाडौं, ८ असार । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले वीर अस्पतालका जनरल बेड निःशुल्क बिरामीलाई उपलब्ध गराउने निर्णय गरेको छ । न्याम्सको कार्यकारी परिषद्को बैठकले आजबाटै लागु हुने गरी वीर अस्पतालका ७०० वटा जनरल बेड बिरामीले निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।वीर अस्पतालले जनरल बेडको २०० रुपैयाँ शुल्क लिँदै आएको थियो ।