काठमाडौं, ८ असार । काठमाडौं जिल्ला अदालतमा पूर्वन्यायाधीश भुवन गिरीमाथि जुत्ता प्रहार भएको छ । अदालतभित्रै पूर्वध्यानाधीश गिरीकी पत्नी आरती गिरीले श्रीमान् भुवनमाथि जुत्ता प्रहार गर्नुभएको हो । आरतीले भुवनमाथि वैवाहिक बलात्कारको मुद्दा चलाउनुभएको हो ।
सोही मुद्दाको पेसी बुझ्न आएका भुवनमाथि आरतीले जुत्ता प्रहार गर्नुभएको हो । दुवैजना पेसी बुझ्न काठमाडौं जिल्ला अदालत पुग्नुभएको हो । भुवनमाथि जुत्ता प्रहार गरेपछि आरतीले सुरक्षाकर्मीले गेट बाहिर राखेको थियो । आरतीले लगाएको वैवाहिक बलात्कार आरोपमा गत २८ चैतमा गिरी पक्राउ परेका थिए ।













प्रतिक्रिया दिनुहोस्