जनता टाइम्स

९ असार २०८०, शनिबार १८:१६

ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु


काठमाडौं, ९ असार । ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–४ बागडोल आकाशेपुलस्थित सडकमा बागमती प्रदेश ०२–०४३ प ६१४५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मकवानपुर भिमफेदी गाउँपालिका–२ घर भएका २२ वर्षीय सागर आलेमगरको मृत्यु भएको प्रहरीको भनाइ छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको स्टार अस्पताल सानेपामा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।