काठमाडौं, १० असार । अदालतको अवहेलना गरेको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ । अधिवक्ता वर्षाकुमारी झाले महानगर प्रमुख शाहविरुद्ध अदालतको अवहेलनाको निवेदन सर्वोच्च अदालतमा दिनुभएको हो ।
उक्त निवेदनमाथिको सुनुवाइ गर्न न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिएको छ । हिन्दी फिल्म चल्न दिनेबारे उच्च अदालत पाटनको आदेशलाई लिएर शाहले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको अधिवक्ता झाले दाबी गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्