जनता टाइम्स

१२ असार २०८०, मंगलवार १२:०९

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


काठमाडौं, १२ असार । प्रतिनिधिसभाा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । आज प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध एमाले र रास्वपाका सांसदहरुले विरोध जनाउनुभएको हो ।

उहाँहरुले उठेर विरोध जनाउँदै उक्त निर्णय फिर्ता लिनुपर्ने र यसबारे सरकारबाट जवाफ नआउँदासम्म सदन चल्न नसक्ने अडान लिनुभयो । सभामुख देवराज घिमिरेले पटक पटक सदन चल्न दिन अनुरोध गर्नुभयो । तर, उहाँहरुले नमानेपछि सभामुख घिमिरेले आजै बस्नेगरी १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो ।