जनता टाइम्स

१३ असार २०८०, बुधबार १५:४२

बजेटको पक्षमा उभियो जसपा, ह्वीप जारी


काठमाडौं, १३ असार । जनता समाजवादी पार्टी नेपालले संसदमा पेस भएको आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । जसपा संसदीय दलको आज बसेको बैठकले बजेट सर्वसम्मतले पारित गर्ने निर्णय भएअनुसार आफ्ना सदस्यहरुलाई ह्वीप जारी गरेको छ । सत्तारुढ गठबन्धनमा सामेल जसपा बजेटको पक्षमा उभिएको हो ।