जनता टाइम्स

१४ असार २०८०, बिहीबार १६:२१

सुनको जलहरी पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा पुनःस्थापना


काठमाडौं, १४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परिमाण र गुणस्तर परीक्षण गरेपछि सुनको जलहरी पुनः पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको रोहबरमा बुधबार साँझ जलहरी पशुपतिनाथ मन्दिरको गर्भगृहमै राखिएको हो ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार आयोगले नापतौल गर्न रुद्रगारेश्वरमा लगिएको जलहरी पुनःस्थापना गरिएको हो । असार ११ गते सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरबाट उत्तरतर्फ रहेको रुद्रगारेश्वरमा लगिएको थियो । पशुपतिनाथ ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको परिमाण र गुणस्तरबारे सर्वसाधारणदेखि संसदसम्म कुरा उठेपछि आयोगले परीक्षण गरेको हो ।