पेरिस, १६ असार । फ्रान्सेली राष्ट्रपति म्यानुएल म्याक्रोनले टिकटक जस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनुपर्ने जनाउनुभएको छ । एक अरबी मुलका किशोरको प्रहरीले गोली हानी मारे पछि फैलिएको दंगामा टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग भएको भन्दै प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको हो । यो प्रस्ताव उहाँले आपत्कालिन बैठकमा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दंगा रोक्न सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ । म्याक्रोनले आफ्नो आपतकालीन बैठक पछि भन्नुभयो, ‘स्नापच्याट र टिकटक जस्ता सोशल मिडिया प्लेटफर्महरूले दंगालाई बढावा दिन ठूलो भूमिका खेलेको छ ।’
उहाँले आफ्ना छोराछोरीलाई घरबाहिर ननिस्कन अभिभावकलाई अपिलसमेत गर्नुभएको छ । फ्रान्समा प्रहरीको गोली लागेर एक बालकको मृत्यु भएपछि सुरु भएको हिंसा र दंगाको आज पाँचौं दिन हो । फ्रान्सले शुक्रबार चौथो रातको लागि प्रदर्शनकारीहरूलाई सामना गर्न हल्का सशस्त्र सवारी साधनसहित ४० हजार प्रहरी तैनाथ गरिएको छ । गएराति नै सयभन्दा बढी आन्दोलनकारी पक्राउ परेका छन् । यसरी हालसम्म ९ सयभन्दा बढी पक्राउ परेका छन् ।
नाहेल नामकी किशोरको हत्याको भिडियोले मानिसहरूलाई यसरी आक्रोशित बनाएको छ कि स्थिति अझै नियन्त्रणमा छैन । यसैबीच मृतक किशोरीकी आमाले छोराले न्याय पाउनुपर्ने बताउनुभएको छ । फ्रान्स–५ सँग कुरा गर्दै मृतक नाहेलकी आमा मौनिया एमले भन्नुभयो,‘मेरो छोरा मेरो जीवन थियो । उहाँ मेरो मुटु थियो । मेरो एक मात्र छोराको हत्या गर्ने प्रहरीसँग म धेरै रिसाएको छु । मेरो छोराले न्याय पाउनुपर्छ ।
कुनै पुलिसले बन्दुक लिएर हाम्रा बालबालिकालाई गोली हान्न सक्दैन, हाम्रा बालबालिकालाई मार्न सक्दैन ।’ अभियुक्त प्रहरी पक्राउ पर्दा पनि देश जलिरहेको छ । जनताको आक्रोश अझै रोकिएको छैन । आन्दोलनकारीले विद्यालय, कलेज, सिटी हल, टाउन हल, सामुदायिक केन्द्र, प्रहरी चौकी, मल र पसलमा आगजनी गरेका छन् । केही क्षेत्रमा कर्फ्यू लगाइएको छ भने केही क्षेत्रमा इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ । यातायात सेवा बन्द छ । सामाजिक सञ्जाल अनुगमन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्