काठमाडौं, १७ असार । काठमाडौं महानगरपालिकाले ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउन र थप संरचना नबनाउन निर्देशन दिएको छ ।
आज बालुवाटारस्थित ललितानिवासको जग्गामा पुगेको महानगर प्रहरीको टोलीले सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले उक्त जग्गाभित्र रहेका संरचना हटाउन र नयाँ संरचना नबनाउन निर्देशन दिएको हो ।
अन्यथा महानगर आफैंले हटाउने चेतावनीसमेत दिइएको छ ।













प्रतिक्रिया दिनुहोस्