जनता टाइम्स

२० बैशाख २०७६, शुक्रबार १८:०९

एकवर्ष भित्र अतिक्रमित सबै जग्गा सरकारीकण गर्ने


काठमाण्डौं, बैशाख २०

सरकारको नीति तथा कार्यक्रममा अतिक्रमित सबै सरकारी जग्गालाई आगामी वर्षभित्र सरकारी कायम गर्ने घोषणा गरेको छ ।

यस्तै जग्गा प्रशासनमा अनियमितता गर्नेमाथि छानबिन गरी कडा कारबाही गरिने पनि सरकारले जनाएको छ ।

नापी हुन बाँकी सम्पूर्ण जग्गाको २ वषभित्र नापी सम्पन्न गरिनेछ । यस्तै सुकुम्बासी तथा सीमान्तकृतको बसोबासको व्यवस्था पनि गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

जग्गा प्रशासनमा अपचलन गर्नेलाई छानबिन गर्ने पनि नीति तथा कार्यक्रममा उललेख छ