काठमाडौं, १८ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल श्रीलंका प्रस्थान गर्नुभएको छ । उहाँ श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
साथै उहाँ दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरुको बैठकमा पनि सहभागी हुनुहुनेछ । कार्यबाहक अध्यक्षको जिम्मा उपाध्यक्ष राजेन्द्र पाण्डेले पाउनुभएको छ । अध्यक्ष नेपाल श्रीलंका प्रस्थान गरेपछि उहाँलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।













प्रतिक्रिया दिनुहोस्