गोरखा, १९ असार । गोरखामा निर्माणधीन धन्सार भत्किँदा एक जनाको मृत्यु भएको छ । गण्डकी गाउँपालिका–४ पाटापाटीमा जंगबहादुर बरामको निर्माणाधीन धन्सार भत्किँदा उहाँकी ४१ वर्षीया श्रीमती मिना बरामको मृत्यु भएको हो ।
सोही घटनामा जंगबहादुरका छोरा सुजन बराम र काम गर्न गएका छिमेकी रामकृष्ण बराम घाइते हुनुभएको छ । घाइतेमध्ये रामकृष्णको अवस्था गम्भीर भएकाले उपचारका लागि काठमाडौं लगिएको छ भने सुजनको अवस्था भने सामान्य छ ।













प्रतिक्रिया दिनुहोस्