जनता टाइम्स

२० असार २०८०, बुधबार ०५:५९

भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि


दिल्ली, २० साउन। १४औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । घरेलु टोली भारतले मंगलबार राति खेलिएको रोमाञ्चक फाइनलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५—४ गोलले हराउँदै उपाधि चुमेको हो ।

निर्धारित र थप गरिएको समयको खेल १—१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । अन्ततः पेनाल्टी सुटआउटमा भारतले बाजी मार्‍यो । भारतले नवौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।