जनता टाइम्स

२० असार २०८०, बुधबार ०७:५३

पछिल्लो एक दिनमा २२ सय सवारी चालक कारबाहीमा


काठमाडौं, २० असार । ट्राफिक नियम उलङघनको आरोपमा २ हजार बढी सवारी चालक कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार २०३ सवारी साधन र चालक कारबाहीमा परेका छन् ।

जसअनुसार मापसेमा ६९, लेन उलङघनमा १२०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ जना सवारी चालक कारबाहीमा परेका छन ।

यसैगरी, नम्बर प्लेट २१, लिडारगनमा १४७ र अन्य १ हजार ७ सय ४५ गरी २ हजार २०३ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।