सर्लाही, २४ असार । आर्थिक वर्ष २०७९र८० को अन्तिममा सर्लाहीका स्थानीय तहमा कार्यरत कर्मचारीले राति अबेरसम्म कार्यालयमै बसेर काम गरिरहेका छन्।
पालिका अध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र अन्य कर्मचारीले राति ढिलोसम्म कार्यालयमा बसेर भुक्तानीको काम गरिरहेका हुन्। देशभरमै सबैभन्दा बढी २० वटा स्थानीय तह रहेको सर्लाहीमा अहिले प्रत्येक पालिकामा राति ९र१० बजेसम्म नै काम भइरहेको पाइन्छ।
प्रशासन र लेखा शाखाका कर्मचारी बिहान ७ नबज्दै कार्यालय पुग्छन्। यो वर्ष महालेखा परीक्षकको कार्यालयले असार २४ गतेभित्र भुक्तानीको सम्पूर्ण काम सक्न पालिकालाई निर्देशन दिएको छ। त्यसअनुसार कर्मचारीले रातिसमेत नभनी काम गरिरहेका हुन्। प्रत्येक पालिकामा अहिले आवश्यक कागजात जुटाएर भुक्तानी लिनेको भिडभाड देखिन्छ।
चव्रmघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले आफ्नो गाउँपालिकाभित्र अधिकांश योजनाको भुक्तानी पूरा भइसकेको बताउनुभयो। उहाँले असार २४ गतेभित्र भुक्तानी भइसक्नुपर्ने निर्देशनबमोजिम सम्पन्न भइसकेका योजना तथा विभिन्न कार्यक्रमको भुक्तानी पूरा गर्न बेलुकासम्म नै कार्यालयमा बसेर काम गरिरहेको बताउनुभयो। जिल्लामा वडा तथा पालिकास्तरका अधिकांश योजना सम्पन्न भइसकेका छन्। पर्सा गाउँपालिका–१, शीतलपुरका वडाध्यक्ष सतेन्द्र रायले वडालाई प्राप्त बजेटको ‘सिलिङ’ अनुसार सम्पूर्ण काम पूरा भई भुक्तानी समेत भइसकेको जानकारी दिनुभयो।
प्रदेशबाट ढिलो गरी आएका योजनाको भने तीव्र गतिमा काम भइरहेको छ। हतार हतारमा यसरी काम गर्दा गुणस्तरमा भने ख्याल गरेको पाइँदैन। जिल्लाको कविलासी नगरपालिका–३, मदनपुरका युवक दीपेश रायले असारको अन्तिममा आएर विभिन्न भौतिक संरचना निर्माणका काम भइरहेका तर हिलाम्मे र जीर्ण अवस्थामा रहेका गाउँको सडक मर्मतमा पालिका र अन्य सरोकारवाला निकायले ध्यान नदिएको गुनासो गर्नुभयो। यहाँ धेरै पालिकाले ग्राभेल र माटोको काम गरेर यो वर्ष पनि बजेट सिध्याएका छन्। गाृरखापत्रबाट
प्रतिक्रिया दिनुहोस्