जनता टाइम्स

२० बैशाख २०७६, शुक्रबार १८:३३

आउँदो वर्ष पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निमार्ण थाल्ने


काठमाण्डौं, बैशाख २०

सरकारले पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माण सुरु गर्ने भएको छ। आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वर्ष रेलमार्ग निर्माण थाल्ने बताउनु भएको हो ।

आउँदो आर्थिक बर्षभित्रै मेलम्ची आयोजना सम्पन्न गर्ने, बुढीगण्डकी आयोजना निर्माण थाल्ने, भेरी बबई आयोजना २ वर्षभित्र सक्ने, चार वर्षमा सिक्टा सिँचाइ मर्मत गरिसक्ने जानकारी गराउनु भयो ।

४ वर्षमा मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम राजमार्ग र हुलाकी मार्गको निर्माण सम्पन्न गर्ने, कालिगण्डकी करिडोर अन्तर्गत जोमसोम कोरला खण्डलाई १२ महिना चल्ने बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।