काठमाडौं, असार २५ । प्रेस चौतारी नेपाल केन्द्रीय लेखा आयोगको बैठक केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यता र आयोगका अध्यक्ष सटेन्द्र जवेगुको अध्यक्षतामा संगठनको केन्द्रीय कार्यालयमा आइतबार सम्पन्न भएको छ ।
बैठकले प्रदेश, जिल्ला, पालिका तथा प्रतिष्ठान, एसोसिएटका समितिले संचालन गर्ने कोष सम्बन्धमा लेखा आयोग संचालन कार्यविधि समिति गठन गरेको छ ।आयोगका सचिव संगम महतको संयोजकत्वमा गठिन समितका सदस्यमा गणेश ज्ञवाली, सीता पोखरेल, जितेन्द्र रसिक र केशव घिमिरे रहनुभएको छ ।
विभिन्न प्रदेश जिल्ला एसोसिएटबाट प्रदान गर्ने पुरस्कार लगायतका कोष संचालन निर्देशिका निर्माणका लागि आयोगका उपाध्यक्ष रामजीप्रसाद लम्सालको संयोजकत्वमा उपाध्यक्ष छत्र साउद र सदस्य केदार चौहान रहने समिति गठन भएको छ ।
आयोगले प्रेस चौतारी नेपालका सदस्यलाई लेखा व्यवस्थापन प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको आयोगका अध्यक्ष सटेन्द्र जवेगुले जानकारी दिनुभयो । यसले लेखा व्यवस्थापनको कममा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
बैठकमा आयोग उपाध्यक्ष रामजीप्रसाद लम्सालले गण्डकी प्रदेशको ११ जिल्लाको केन्द्रीय र प्रदेश कमिटीको कार्यसम्पादन अनुगमन प्रतिवेदन महासचिव हिरामान लामालाई हस्तान्तरण गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्