मुगु, २५ असार । मुगुमा आज एकै पटक हेलिकप्टरमार्फत दुईजना सुत्केरी महिलाको उद्वार गरिएको छ । छायाँनाथ रारा नगरपालिका–२ कि कल्पना बुढा र वडा नं १० कि अमृता बुढाको हेलिकप्टरबाट उद्वार गरिएको हो ।
दुवै सुत्केरी महिला र बच्चाको ज्यान जोखिममा रहेको हुँदा जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् उनीहरुलाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख डा, कमल ढुंगानाले बताउनुभयो ।
उहाँका अनुसार एक जना सुत्केरी महिलाको बच्चा तेर्सो परेको र अर्को सुत्केरी महिलाको शिशुको टाउको ठूलो भएकाले जोखिम रहेको छ । यहाँको स्थानीय प्रशासन र अन्य सरोकारवाला निकायको समन्वयमा उनीहरुलाई उद्वार गरिएको प्रमुख जिल्ला अधिकारी मोहन थापाले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्