जनता टाइम्स

२५ असार २०८०, सोमबार १७:३०

प्रधानमन्त्रीको अलिकति नैतिकता भए राजीनामा दिनुस् : राजेन्द्र लिङ्देन


काठमाडौं, २५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आफूहरुलाई बोल्न दिएकोप्रति आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सभामुखलाई आफ्नो विचार राख्न किन समय नदिएको भन्दै प्रश्न गर्नुभयो । उहाँले सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न दिएपछि आफूहरुलाई बोल्न नदिइ सभामुखले पद्धति मिचेर सत्तापक्षलाई दिएको आरोप लगाउनुभयो ।